Nepal weekly is the country’s fastest growing socio-political news magazine, famous especially for acute political reporting and analysis. With 8.96k subscribers on YouTube, Ramuna Pun is undoubtedly one of the most unique and loved YouTubers of Nepal. राजनीति . In 2007 (२०६४ भाद्र) Nepal Bhasa News starts in Sagarmatha Television, Nepal's First News Channel. This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more. Out of Kathmandu, the latest breaking news,analysis and opinion from Nepal and the world on politics, business, sports, entertainment, and much mores Aastha Prakashan Pvt. Despite initial hiccups, the minimum work programme has great potential to address a post-pandemic job crisis.Hailing from Madhubani, I have seen how floods have made farming and forestry unviable livelihood options. His versatile character allowed him to practice all types of media works as feature writing for papers and magazines, trainer for workshops, public Speaking, Leadership, Organizational environment, journalism and mass communication. enepalnews.com - Daily newspaper related to Nepal. No progress in plans for talks over boundary dispute despite keenness from both the countries, and leaders say ongoing standoff within the ruling party is not helping.Delving in special effects makeup and body painting is not a financially viable option in Nepal’s budding makeup business, but a handful of artists are doing it--because they love it and they’re good at it. प्रदेश नं ५ : सत्तापक्ष र विपक्षी सांसदबीच भनाभन.

Krishna Kaji Manandhar (KK Manandhar) (Nepali : कृष्ण काजी मानन्धर ) is still in media as diversity media practicener. Ltd. Editor: Kishor Shrestha Managing Editor: Rajendra Sthapit Jana Aastha National Weekly Jana Aastha news Online Dillibazar Height (Near to Trinity int'l college and Bhojan Surendra Bhakta Shrestha as Manager and Nripendra Lal Shrestha as Publicer. All social media platforms, news channels, print and online media, and the regular official conversations are not expressing anything except the dreadful picture of virus. Delving in special effects makeup and body painting is not a financially viable option in Nepal’s budding makeup business, but a handful of artists are doing it--because they love it and they’re good at it. Nepal Confirms 381 COVID-19 News Cases, Total Reaches 21,390 by NEW SPOTLIGHT ONLINE Aug 05, 2020. sanghunews. पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।पार्टीभित्र शक्ति र सत्तासंघर्ष जारी रहेकै बेला नेकपामा एकपछि अर्को हस्ताक्षर अभियान चलेको छ । केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कार्यलयमा हस्ताक्षर बुझाएको दुई साता नबित्दै नेकपाका ६३ सांसदले पनि हस्ताक्षर संकलन गरेका छन् । संघीय संसद अन्तगर्त प्रतिनिधिसभाका सांसदले पार्टी विभाजन रोक्ने उदेश्यले हस्ताक्षर संकलन गरेर पत्रकारसम्मेलन गरेको बताएका छन् ।नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सकसहित बाँकेमा थप १५ जना कोरोना पुष्टि भएको छ ।विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका ११ जना खेलाडीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।नेपाल सरकारले जारी गरेको कोभिड-१९ विरुद्ध जनस्वाथ्य मापदण्डको प्रयोग नागरिकस्तरबाट प्रभावकारी ढंगबाट पालना नगरिएको पाइएको छ । कोरोना संक्रमण न्यूनीकरण र रोकथामका लागि सामाजिक दूरी कायम, मास्कको प्रयोग र स्यानिटाइजर र साबुनले पटक-पटक हात धुने कुरा अपरिहार्य हुन् तर  उपत्यकावासीले यसको पालना नगर्ने गरेको एक अध्ययनले देखाएको छ ।एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए ।मोरङ जिल्ला अदालतका एक न्यायाधीशसहित ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अदालत बन्द हुने भएको छ ।नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको हो ।लाजिम्पाटस्थित एभरेस्ट बैंकको मुख्य कार्यालय र एक शाखा दुई दिनका लागि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई घुससहित पक्राउ गरेको छ ।प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् । चीनमा जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४ सय किलोमिटर रेलसेवा सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।पार्टीभित्र शक्ति र सत्तासंघर्ष जारी रहेकै बेला नेकपामा एकपछि अर्को हस्ताक्षर अभियान चलेको छ । केन्द्रीय कमिटी बैठकको माग गर्दै १ सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कार्यलयमा हस्ताक्षर बुझाएको दुई साता नबित्दै नेकपाका ६३ सांसदले पनि हस्ताक्षर संकलन गरेका छन् । संघीय संसद अन्तगर्त प्रतिनिधिसभाका सांसदले पार्टी विभाजन रोक्ने उदेश्यले हस्ताक्षर संकलन गरेर पत्रकारसम्मेलन गरेको बताएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा थप ३३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको योग्यता नपुग्ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्ने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् ।सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका व्यक्तिलाई नियन्त्रणमा लिई सम्झाईबुझाई छोड्नाका साथै जरिवानासमेत गरेको हो ।मोरङ जिल्ला अदालतका एक न्यायाधीशसहित ९ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा संक्रमण पुष्टि भएपछि ३ दिनका लागि अदालत बन्द हुने भएको छ । प्रदेश १ मा सोमबार ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट २९, पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँस्थित आइसोलेसनबाट ६८ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २ जना संक्रमित निको भएर घर फर्केका हुन् । प्रदेश १ सरकारले होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आइतबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सुनसरी, मोरङ र झापामा १/१ वटा होटल र निजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत दुई जना चिकित्सकसहित प्रतिष्ठान भित्रकै एक महिलामा कोरोना संक्रमण भएको छ ।झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा ‘लकडाउन’ लागू गरी ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ ।ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । ०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।उच्च ज्वरो लागेर मृत्यु भएका धनुषाका एकजनामा सद्‌गत गरिएको अर्को दिन मात्र कोरोना भाइरस पोजिटिभ देखिएको छ । उच्च ज्वरो लागेपछि घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डलको आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा मृत्यु भएको थियो ।नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा पोखरिया अस्पतालका एक चिकित्सकसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका ४ प्रहरीसमेत छन् ।लागूऔषध ब्राउन सुगरसहित प्रहरीले सिरहाको गोलबजार डेहोटियाबाट आइतबार ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सुराकीको आधारमा गोलबजार नगरपालिका–६ का पाण्डव गुप्ताको घरबाट १ ग्राम दुई सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महोत्तरीमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लाको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ वडाको सम्पूर्ण क्षेत्रमा आइतबार राति १२ बजेबाट भाद्र १ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाभरी लगाएको निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ ।महोत्तरीमा शनिबार ९ सशस्त्र प्रहरीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दिवास नगरपालिकाभित्रका ११ जना, औरही नगरपालिकाका २ र लोहरपट्टिको १ गरि जिल्लामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन गिरेन्द्र झाले बताएका छन् ।रामेछापको लिखु तामाकोशी गाउँपालिकाले लिखु ३  र ४ जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावतमा प्रतिबन्ध लगाएको छ ।संक्रमितको संख्या बढेसँगै सोमबारबाट सिन्धुली अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । अस्पतालकै कर्मचारीका बाबुमा कोरोना देखिएपछि आपत्कालीनबाहेकका सेवा बन्द गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न थालिएको अस्पताल व्यवस्थापक विमलकुमार श्रेष्ठले बताए ।विदुर नगरपालिकाका थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विनपा १ त्रिशूली क्‍वारेन्टाइनमा बसेका एक जना र विनापा ४ स्थित बट्टारको होटल सन्ध्याको क्‍वारेन्टाइनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं विश्वविद्यालयले धुलिखेल अस्पतालअन्तर्गत सञ्चालन हुने गरी दोलखामा ५५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ ।संघीय प्रहरी इकाई वाग्मती सिल गरिएको छ । प्रहरीमा धमाधम संक्रमण देखिन थालेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले इकाई सिल गर्ने निर्णय गरेको हो ।मकवानपुरमा एकैदिन पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट आइतबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।जब रात पर्छ, दरौंदी नदीमा एक्स्काभेटर, ट्रिपर र ट्याक्टरको चहलपहल बढ्न थाल्छ । अवैध उत्खननमा संलग्नहरूले मध्य साउनमा पनि नदी खोतल्न छाडेका छैनन् ।बाढीपहिरोले कटान गरेपछि बेनी–जोमसोम सडकको गलेश्वर–लेते ४० किलोमिटर खण्डमा एक महिनादेखि यातायात सेवा अवरुद्ध छ । गत असार २६ मा राहुघाट खोलामा आएको बाढीले गलेश्वरस्थित बेलिब्रिज ढलाउनुका साथै दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक बगाएको थियो ।आंशिक प्राध्यापकहरूले धवलागिरि बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । उनीहरूले आइतबार बिहान क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायलाई बाहिर निकालेर ताला कार्यकक्षमा तालाबन्दी गरेका हुन् । धौलागिरी अञ्चल अस्पतालको ‘सी’ ब्लकको निर्माणका लागि आएका १३ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।  दरौदी नदी तर्ने क्रममा बेपत्ता भएका एक बालकको शव फेला परेको छ । फुटबल हेर्न गएका पालुङटार नगरपालिका–१ खुर्पाजुङका १५ वर्षीय प्रज्वल श्रेष्ठ र १६ वर्षीय सविन श्रेष्ठ बिहीबार दरौदी नदी तर्ने क्रममा बेपत्ता भएका थिए । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा एक हप्ता लम्ब्याएको छ । यसअघि साउन १३ गतेदेखि जारी निषेधाज्ञा बिहीबार सकिएसँगै शुक्रबारदेखि थप एक हप्ताका लागि बढाइएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । नेपाली सेनामा कार्यरत १४ जनासहित प्यूठानमा थप २३ जना कोरोना पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका अनुसार ईन्द्रध्वज गण प्यूठानको आन्तरिक क्वारेन्टाइनमा बसेका १४ जना, स्वर्गद्वारी नगरपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जना, १ जना मल्लरानी गाउँपालिका र १ जना जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेकामा संक्रमण पुष्टि भएको हो ।नेपालगन्ज मेडिकल कलेजका दुई चिकित्सकसहित बाँकेमा थप १५ जना कोरोना पुष्टि भएको छ ।पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ । अस्पतालले इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको हो ।नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पोजिटिभ एक महिलाको शल्यक्रियाबाट प्रसूति गरिएको छ । रुकुम चौरजहारीकी ३९ वर्षीया ती महिलाले शनिबार राति साढे ९ बजे २७ सय ५० ग्रामको बच्चा जन्माएकी छन् ।कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सिल गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न क्षेत्रका मुख्य सडकमा काँडे तार लगाइएको छ । नेपालगन्जका केही कोरोना जोखिमयुक्त स्थान सिल गरिएका छन् । यस अवधिभर बाहिर निस्कन नदिन सेनासमेत परिचालन गरिएको छ । शनिबार राति १२ बजेदेखि सिल गरिएका क्षेत्रमा सेना परिचालन गरिएको हो । निषेधाज्ञासँगै सिल गरिएकाले स्थानीयको अटेरी व्यवस्थापन गर्न सेना परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । बन्गाडकुपिण्डे नगरपालिकामा नेपाली कांग्रेसले साउन १४ गते अगुवा कार्यकर्ता भेलाको आयोजना गर्‍यो । सक्रिय सदस्यता वितरण, नविकरण र तरुण दल गठनका लागि आयोजना गरिएको भेलामा अरु पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो ।मुगुमा पनि सलह किरा पुगेको छ । कालिकोट, जुम्ला हुँदै मुगुको छायाँनाथ रारा नगरपालिका, सोरु खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाको गाउँबस्तीमा सलह पुगेपछि किसान चिन्तित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव पञ्चसिंह रोकायाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित उनको सोमबार बिहान वीरेन्द्रनगर नगरपालिकाको लाटीकोईलीस्थित आफ्नै घरमा निधन भएको हो ।अविरल वर्षापछि जिल्लाका ९ वटै स्थानीय तहमा गएको पहिरोले करिब १५ करोड रुपैयाँको क्षति पुर्‍याएको छ । कालीकोटमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले २ स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो ।जिल्लामा १ महिनाको अवधिमा ३५ बालबालिकामा कुपोषणको समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार बालविवाह, गरिबी, स्तनपानको कमीलगायत कारण बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको हो ।बैतडीको पुर्चौडी नगरपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । पालिकाको वडा नम्बर ३ मा रहेको न्वादेउ स्वास्थ्य चौकी अर्न्तगत रहेको नाकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षीया अनमी जानकी भट्टमाथि स्थानीय युवाहरुले हातपात गरेका स्वास्थ्य चौकीका इन्चार्ज गणेश धानुकले बताए ।आइतबारदेखिको अविरल वर्षाले धनगढी उप–महानगर जलमग्न भएको छ । जिल्लाको पूर्वाेत्तर क्षेत्रका स्थानीय नदीमा पानीको सतह बढेर पुन: डुबानको जोखिममा परेका छन् । केही दिनअघि मात्र बाढीको चपेटामा परेको कैलालीको भजनी नगरपालिकाका बस्ती सोमबार फेरि डुबानमा परेका छन् । आइतबार रातिदेखिको अविरल वर्षाले उर्लिएका मोहना, काढा र पथरैया नदी बस्ती पसेका हुन् ।बूढीगंगा नदीको बाढीले आइतबार राति बाजुराको तटीय क्षेत्रका बस्तीमा क्षति पुर्‍याउनुका साथै एक जनालाई बगाएर बेपत्ता बनाएको छ । बडिमालिका नगरपालिका–२ घाँघर टोलमा बाढीले घर भत्काएको छ ।बझाङको केदारस्युँ गाउँपालिकामा क्‍वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ को मठैराजमा घर माथिबाट आएको पहिरोले पुरिएर ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षका छोरा रिकेश बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए ।मुक्तिनाथ विकास बैंक र हाउस अफ इन्टेरियर सुकेधाराबीच बैंकका ग्राहकलाई कम्पनीको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ ।युरोपेली च्याम्पियन्स लिग फुटबलको एउटा क्वाटरफाइनल बार्सिलोना र बायर्न म्युनिकबीच हुनेछ । यसमा सबैको नजर हुनेछ । दुई पूर्व विजेताबीचको खेल धेरैका लागि बहुप्रतीक्षित पनि हुनेछ ।कप्तान जो रुटले इंग्ल्यान्डलाई अस्वाभाविक जित निकाल्ने बानी परेको दाबी गरेका छन् । उनले एकदिवसीय विश्वकपको सफलतापछि आफ्नो टिमलाई जुनसुकै स्थितिमा पनि जित प्राप्त हुन सक्ने विश्वास रहेको बताए ।नेटफ्लिक्सको नयाँ वृत्तचित्र आएको छ, ‘एनेल्का मिसअन्डरस्टुड’ । अर्थात् बुझ्न नसकिएका निकोलस एनेल्का वा बुझ्न भूल भएका एनेल्का । यसै साता रिलिज भएको वृत्तचित्रलाई लिएर उनका साथी थिएरी हेनरीले भनेका छन्, एनेल्काबारे अरू सबैले जे बुझ्छ, मेरो विचारमा त्योभन्दा उनी निकै फरक छन् । मैदानमा उनी गतिला खेलाडी थिए नै । त्यसैले उनले युरोपेली च्याम्पियनसिप जिते, च्याम्पियन्स लिग पनि जिते ।विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीको सोमबारदेखि कोरोना परीक्षण हुने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार पहिलो दिन काठमाडौं बाहिरबाट आएका खेलाडी परीक्षणबाट गुज्रिने छन् ।सिरी ए च्याम्पियन्स युभेन्ट्सले शनिबार आफ्ना पूर्व स्टार खेलाडी आन्द्रे पिर्लोलाई प्रशिक्षक नियुक्त गरेको छ । मउरिजो सारीलाई वर्खास्त गरेयता युभेन्ट्सले पिर्लोलाई चयन गरेको हो ।अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ सय ४ जना आइसोलेसनमा छन् । अधिकारीहरुका अनुसार ४२ जना निको भएका छन् ।भारत, कर्नाटकाको सामान्य परिवारमा जन्म । कहिल्यै स्कुल गइनन्, प्रशिक्षण लिइनन् तर उनी गणितका जटिल सवालहरू केही सेकेन्डमै समाधान गर्थिन्, कम्प्युटरभन्दा छिटो । उनको गणितको दिमागी क्षमताले भारत मात्र होइन, विश्व नै अचम्मित भयो । उपनाम नै दिइयो– ‘मानव कम्प्युटर ।’ उनी अर्थात् शकुन्तला देवी । कोरोनाले गर्दा चार महिनादेखि भारतका सिनेमा हल बन्द छन् । बलिउड फिल्मकर्मीले डिजिटल प्लेटफर्ममार्फत् फिल्म प्रदर्शन गरिरहेका छन् । डिजिटल प्लेटफर्मको प्रयोगलाई मध्यनजर गर्दै अभिनेता नसिरुद्दिन शाह अबको २५ वर्षभित्र सिनेमा हलहरु बाँकी नरहने धारणा राखेका छन् ।बलिउड अभिनेता अमिताभ बच्चन कोरोनालाई जितेर घर फर्किएका छन् । २३ दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराइरहेका बच्चनले आफू आइतबार डिस्चार्ज भएको सामाजिक सञ्‍जाल मार्फत जानकारी दिएका हुन् ।'खनी हो यामु'बाट गायिका तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइन् । लोकपप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा । ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले 'माया पिरती', 'गाइने दाजै', 'साँझको बेला', 'माया मनभरी'जस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् ।अभिनेता अमिताभ बच्चनका लाखौं फ्यान छन् । त्यसो त उनलाई घृणा गर्नेहरु पनि छन् । कोरोना परिक्षण पोजेटिभ देखिएपछि अमिताभ उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । पछिल्लो समय उनलाई घृणा गर्नेमध्ये केहीले त कोभिडकै कारण अमिताभ मृत्यु हुन्छ भन्ने आशयका ट्रोलसमेत बनाउन भ्याए । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको अगुवाईमा बालाजु क्षेत्रमा रिले अनशन जारी राखिएको छ । सडक विस्तारको क्रममा बालाजु-बाइपास क्षेत्रमा रहेका दुई घर भत्काइएपछि विस्थापितहरुले शनिबारदेखि रिले अनशन  थालेका हुन् ।बाइपासमा सार्वजनिक बिदा (गाईजात्रा) को अवसरमा ५ वटा डोजरले बाइसधारा र बाइपास जोड्ने सडक खण्डमा रहेका दुई घर भत्काएका थिए ।भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका हुन् । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका छन् ।चीनमा जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४ सय किलोमिटर रेलसेवा सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ५० लाख ४१ हजार नाघेको छ । अमेरिकामा भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ । यो विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो । श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्ष प्रधानमन्त्रीमा पुनः नियुक्त भएका छन् । उनले राष्ट्रपति गोटाभया राजपाक्षसँग आइतबार प्रधानमन्त्री पदको शपथ लिएका हुन् । महिन्दा वर्तमान राष्ट्रपति गोटाभयाका दाइ हुन् ।भारतीय विदेशमन्त्री एस.